देउवाले गरे भर्चुअल माध्यमबाट कांग्रेस प्रदेश–१ अधिवेशनको उद्घाटन


१७ मंसिर २०७८, शुक्रबार
sherbahadur deuwa

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रदेश नम्बर–१ को अधिवेशन उद्घाटन गरेका छन् ।

सबै प्रदेशको एकै दिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरी अधिवेशन उद्घाटन गरेका हुन् । सभापति देउवाले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भनेपछि हिजो अधिवेशन उद्घाटन स्थगित गरिएको थियो ।

‘कांग्रेसले गरेका ठूलठूला संघर्षको परिणामस्वरूप आएको संघीयताअनुरूपको पहिलो प्रदेश अधिवेशन उद्घाटन गर्न पाउँदा मलाई खुशी लागेको छ’, उद्घाटन मन्तव्यमा देउवाले भने, ‘आगामी केही महिनामै स्थानीय तह निर्वाचनमा जानुपर्ने भएकाले संयमित र अनुशासित भएर आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिनुहोला ।’ देउवाले प्रदेश–१ अधिवेशनको पूर्ण सफलताको कामना गर्दै मन्तव्य अन्त्य गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७