राप्रपा महाधिवेशन : कमल थापा र राजेन्द्र लिङदेनले दिए अध्यक्षमा उम्मेदवारी

१४१ केन्द्रीय सदस्यमा २६४ जनाको उम्मेद्वारी


१७ मंसिर २०७८, शुक्रबार
kamal thapa ra rajendra lin1638520115

काठमाडौं, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ । राप्रपा निर्वाचन समितिले उम्मेदवारीको नामावली सार्वजनिक गरेको हो ।

जसमा अध्यक्ष, उपाध्यक्ष र महामन्त्री गरी १६ जनाको उम्मेदवारी परेको छ । महाधिवेशनमा अध्यक्षसहित ८ जना पदाधिकारीका लागि निर्वाचन हुने भएको हो । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै छन् । यस्तै, उपाध्यक्षमा जगतप्रसाद गौचन,रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी झाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, महामन्त्रीका लागि रेखा थापा, डा.धवल शमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भस्कर भद्रा र कुन्तीकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरू १ सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाटै आउने छन् ।

राप्रपाको १४१ सिटका लागि २६४ जनाको उम्मेदवारी दर्ता भएको छ । नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि मतपत्रबाट र अन्य उम्मेदवारको विधद्युतीय मेसिनबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७