सौताको छोरालाई विष खुवाइ हत्या गरेको आरोपमा महिला पक्राउ


१७ मंसिर २०७८, शुक्रबार
arrest mahila XkfytsSC1a 1

बाजुरा, १७ मंसिर । सौताको छोरालाई विषादी खुवाइ हत्या गरी फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ घर भएकी कैलाली धनगढी उप–महानगरपालिका–२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकाया रहेका छन् ।

भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी सम्पर्कविहीन भएकोले डेरा कोठामा गई बुझिदिन खबर गरेका थिए । त्यसपछि उनका आफन्तले उक्त डेरा कोठामा बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको भनी प्रहरी कार्यालयमा जानकारी गराएपछि खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका–२ स्थित हिमालय एकेडमीमा अध्ययनरत १० वर्षीय निशान्त थापामगरको शव फेला परेको थियो ।

प्रहरीले भारतीय प्रहरीको सहयोग र समन्वयमा मागीलाई भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरेको छ ।प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमान बिच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दूधमा विषादी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लगी भारततर्फ गएको खुल्न आएको छ ।

उनी उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७