इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध हालसम्मकै ठूलो ठगी मुद्दा दायर

तामाङसहित १२ जना पक्राउ, २९ अझै फरार


१७ मंसिर २०७८, शुक्रबार
ichharaj tamang arrest UUeg3ogfUw

काठमाडौं, १७ मंसिर । पूर्व सांसद समेत रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अहिलेसम्मकै ठूलो ठगी मुद्दा दायर भएको छ ।

तामाङविरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित तामाङ विरुद्ध मुद्दा दायर गरेको हो । यो मुद्दा अहिलेसम्मकै ठूलो रकमको र धेरै पीडित भएको मुद्दा रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

सिभिल ग्रुस अफ कम्पनी अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको अध्यक्ष रहेका तामाङबाट निक्षेपकर्ताहरुलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३७९ रुपैयाँ ८२ पैसा मागदावी गरिएको छ । ठगी मुद्दामा गत असोज १९ गते सीआईबीले तामाङलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध १ हजार ५०३ जना पीडितले जाहेरी दिएका थिए । ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ ।
सिभिल सहकारीको सञ्चालक समितिका सदस्य गोपालबहादुर श्रेष्ठको दुई वर्षपहिले नै मृत्यु भएको थियो । यस मुद्दामा १२ जना पक्राउ परेका छन् भने २९ जना अझै फरार रहेको अभियोजन–पत्रमा उल्लेख छ ।

सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछाने, कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । बाँकी २९ जना फरार छन् ।

यी हुन् २९ फरार
फरार हुनेमा सञ्चालक समितिका सदस्यहरु सुमन नन्दन वैद्य, प्रविण मुखिया, अष्टरत्न तुलाधर, प्रविण प्रसाद प्रधान, पूर्वसदस्यहरु दानहिरा तुलाधर, रामकृष्ण पौडेल, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाईं, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, दुर्गाप्रसाद संग्रौला र नगेन्द्र बिमली फरार छन् ।

यस्तै लेखा समिति सदस्य सिर्जना शाक्य, लेखा समिति पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिसाल, सिभिल बिजनेस कम्प्लेक्सका सञ्चालक लालकाजी गुरुङ, उनकी श्रीमती मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, महाप्रबन्धक प्रकाश कुमार बर्मा, प्रबन्धक सुवास कुमार श्रेष्ठ र पूर्व उपमहाप्रबन्धक रन्जना महर्जन पनि फरार रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, जुनियर सहायक प्रबन्धक अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, अधिकृत कान्तीलक्ष्मी उपाध्याय र इच्छाराजका छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङविरुद्ध मुद्दा दायर भएको हो । यी २९ जना भने फरार रहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७