पानी सुक्दा बाघलाई हैरान


१८ मंसिर २०७८, शनिबार
tiger2 1KIDCvWWos

काठमाडौं, १८ मंसिर । १२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्‍याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो । यो तथ्यांकलाई हेर्दा अबको गणनामा लक्षित वर्षअघि नै बाघको संख्या बढ्ने देखिन्छ । बाघ गणना आइतबारबाट सुरु हुँदैछ ।

सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा १२ वर्षमा बाघ दोब्बर बनाउने लक्ष्य लिएको थियो । उक्त समयमा नेपालमा १ सय २० वटा बाघ थिए । २०२२ सम्ममा त्यसलाई २ सय ५० बनाउने लक्ष्य थियो, जुन सो समयमा सोच्दा चुनौतीपूर्ण लाग्थ्यो ।

तर, २०१८ को गणनाले नेपालमा २ सय ३५ वटा बाघ पुगेपछि नेपाल उत्साहित बनेको बताउँछन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वेदकुमार ढकाल । तर, अहिले बाघलाई बढाउनभन्दा पनि टिकाउन चुनौतीपूर्ण रहेको संरक्षणविद् बताउँछन् । यसको मुख्य कारण जलवायु परिवर्तन पनि हो ।

जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जाँदा वन्यजन्तु प्रभावित छन् । राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रमा पानीका स्रोत सुक्दै गएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट वेदकुमार ढकाल जलवायुको असर निकुञ्जभित्र पनि देखिएको बताउँछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७