‘ओमिक्रोन’ भेरियन्टबारे नआत्तिन डब्ल्यूएचओको आग्रह


१८ मंसिर २०७८, शनिबार
WHO Swaminathan rBnsR1fG34

काठमाडौं, १८ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबारे आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । यद्यपि यससँग लड्नका लागि तयार रहनुपर्ने डब्ल्यूएचओको भनाइ छ ।

डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले अहिलेको अवस्था एक वर्षअघिको तुलनामा निकै फरक रहेको बताएकी छिन् । उनले अहिले प्राप्त तथ्यांकअनुसार यो भेरियन्ट निकै संक्रामक रहेको पाइएको बताएकी छन् ।

अहिले ओमिक्रोन भेरियन्ट विभिन्न ४० मुलुकमा फैलिसकेको छ । अहिलेसम्म यो भेरियन्टलाई अहिले बजारमा रहेका खोपले काम गर्छ कि गर्दैन भन्ने खुल्न सकेको छैन । यसअघि दक्षिण अफ्रिकाका केही वैज्ञानिकले ओमिक्रोनले भेरियन्टले कोरोना खोपको प्रभावकारिता पनि कम गर्ने बताएका थिए । यद्यपि यस विषयमा निष्कर्षमा पुग्न थप अध्ययनको आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

डब्ल्यूएचओ इमर्जेन्सिजका निर्देशक माइक रयानले अहिले विश्वभर निकै प्रभावकारी खोप उपलब्ध रहेको बताएका छन् । साथै उनले अहिले विश्वभर यी खोप वितरण गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताएका छन् ।
नर्वेको ओस्लोमा पनि भेटिए ‘ओमिक्रोन’ सङ्क्रमित
‘ओमिक्रोन’ भाइरसको सङ्क्रमण देखिएपछि नर्वेको ओस्लोमा प्रतिबन्ध लागू गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का एक जना बिरामी भेटिएपछि प्रतिबन्धसहित स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको हो ।

omicron F3TMh9Zbfb

गएको हप्ता ओस्लोमा सय जनाभन्दा धेरै पाहुना क्रिसमस भोजमा सहभागी भएका थिए । उनीहरुको परीक्षणपछि १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट नै पुष्टि भएको ओस्लो नगर प्रशासनले जनाएको छ । भोजमा सहभागी सबैले खोप लगाएको तर उनीमध्ये केही दक्षिण अफ्रिकाबाट ओस्लो पुगेको पाइएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७