कांग्रेस लुम्बिनी अधिवेशन : मुस्लिम समुदायकी कान्छी उम्मेदवार डा. अलविरा चुनावी मैदानमा


१८ मंसिर २०७८, शनिबार
albira2 puLmTcQ4Ya

लुम्बिनी, १८ मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बनेकी छन् ।

मुस्लिम महिलातर्फको कोटाबाट उम्मेदवार बनेकी उनी शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहेकी थिइन् । एमबीबीएस उत्तीर्ण खानले भैरहवामा जारी नेपाली कांग्रेसको प्रथम लुम्बिनी अधिवेशनमा सदस्यका लागि भोट माग्नका लागि कार्ड बाँडेकी हुन् । भैरहवास्थित महेन्द्र सभा गृहमा जम्मा भएका प्रतिनिधिसमक्ष उनले भनिन्, ‘नमस्कार म अलविरा खान मुस्लिम महिलातर्फको उम्मेदवार हुँ, भोट दिनुहोला है ।’

शुक्रबार उम्मेदवारहरुले मनोयन दर्ता गरेका थिए । कपिलवस्तुकी अलिविराले पनि मुस्लिम महिलातर्फ प्रदेश सदस्यमा मनोनयन दर्ता गरिन् । त्यसपछि उनी भोट माग्दै प्रचारप्रसारमा व्यस्त छिन् । उनले आफ्नो फोटा र परिचयसहितको कार्ड बनाएकी छन् । उनी अधिवेशनमा प्रदेशकी कान्छी उम्मेदवार हुन । १३ औं महाअधिवेशनपछि आफू नेपाली कांग्रेसमा क्रियाशिल भएको बताइन् । त्यति बेला उनी १८ वर्षकी थिइन् । बाबा अकित मियाको प्रेरणाबाट उनी राजनीतिमा लागेको बताइन् ।

उनी विगतलाई सम्झदै भनिन्, ‘बाबा ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल हुनुहुन्छ । उहाँले देशमा भएका आन्दोलनमा सहभागिता जनाउनु भएको छ’, उनले भनिन् । मिया पूर्व क्षेत्रीय सभापति हुन् । उनी अहिले महाधिवेशन प्रतिनिधि हुन् । म बुवाको प्ररणाबाट नै कांग्रेसमा लागेकी हुँ, अहिले प्रदेश सदस्यमा उम्मेदवारी दिएकी छु अलबिरा भन्छिन्, ‘म बिरामीको सेवा गर्नेछु, मेरो पेशा डाक्टर नै रहने छ, साथमा म राजनीति पनि गर्नेछु ।’

मुस्लिम, मधेसी समुदाय, पिछडिएको समुदायको आवाज बन्दै उनीहरुको जीवनस्तर उकास्न पहल गर्नेछु, उनले भनिन्, ‘मेरो परिवारले राजनीतिक गर्नको लागि सर्पोट गर्नुभएको छ, बुबा, मेरो भाइ र बहिनी पनि अहिले साथमा छौं, प्रचारप्रसारमा लागेका छौं । मुस्लिम समुदायमा महिलाहरु खुलेर बोल्न राजनीतिकमा आउँन किन सकेनन् भन्ने प्रश्नमा अलविरा भन्छिन्, ‘पहिलेको जस्तो अहिले अवस्था छैन, महिलाहरु खुलेर बोल्न थालेका छन, राजनीतिमा पनि लागेका छन । महिलामा परिवर्तन भएको छ, अवसर पाए राजनीतिमा लाग्न तयार छन् ।’

अलविरा संस्थापकइतर (कांग्रेस वरिष्ठ नेता रामचन्द्र पक्ष) का सभापति पदका उम्मेदवार अमरसिंह पुन मगरको प्यानलबाट तर्फबाट उम्मेदवार बनेकी छन् । कपिलवस्तुको क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएर उनी प्रदेश सदस्यको उम्मेदवार भएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७