राप्रपा महाधिवेशन : मतदानमा किन भयो ढिलाइ ?

मतदानमा ढिलाइ भएपछि प्रतिनिधिहरु आक्रोशित


१८ मंसिर २०७८, शनिबार
rpp election aQiA4T4Kg5

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) बिहान ८ बजे तय भएको मतदान साढे १११ बजिसक्दा समेत शुरु हुन सकेको छैन । निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको जानकारी दिएका छन् । तर, मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित बनेका छन् ।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उनीहरु मत माग्न व्यस्त छन् । चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ । सदस्यमा १४१ मध्ये २६४ जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए ।

अध्यक्षका लागि ब्यालेट बक्समै मतदान हुनेछ । पदाधिकारीसहित अन्य पदका लागि ८६ वटा इलेक्ट्रोनिक मेसिनमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । एक जना मतदाताका लागि कम्तीमा १५ मिनेट लाग्ने उनले बताए । यस हिसाबले राप्रपाको रातिसम्म मतदान हुने देखिन्छ । मतदान सकिएको केही घण्टामै मतगणना शुरु गर्ने प्याकुरेलले जानकारी दिए । ‘अध्यक्षको ब्यालेट बक्समा मतदान हुन्छ, अन्य पदका लागि ८६ वटा एबिएम मेसिन राखिएको छ, मतदातालाई गाह्रो नहोस भनेर हिजै मतदान गर्न सिकाएको छ’, प्याकुरेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७