राप्रपा महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी, अध्यक्षमा थापा र लिङ्देनको भिडन्त


१८ मंसिर २०७८, शनिबार
matadan start1638599798

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । काठमाडौ) भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि मतदान शुरु भएको हो ।

बिहान ८ बजेदेखि नै मतदान शुरु हुने कार्यतालिका भए पनि ढिलाइ भएको थियो । बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनको व्यवस्था छ ।

rpp election aQiA4T4Kg5

८६ वटा मेशिनबाट मतदान गर्ने व्यवस्था मिलाएको राप्रपाले जनाएको छ । अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।

झण्डै दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलो पटक महाधिवेशन भइरहेको हो । महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७