बागमतीमा आठ मन्त्रालय फुटाएर १४ पुर्‍याइँदै


१८ मंसिर २०७८, शनिबार
rajendra pandey

हेटौंडा, १८ मंसिर । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जम्बो मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रिपरिषद् विस्तारका लागि उनले मन्त्रालय समेत विभाजन गरेका छन् ।

प्रदेशमा हाल कायम रहेको आठ मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा बनाउन लागिएको हो । मंसिर १५ गतेको मन्त्रीपरिषद्को निर्णयानुसार मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ ।

हालको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइने भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७