भण्डारीसहित पाँच खेलाडीलाई बाहिर राख्दै भलिबल टोली घोषणा


१८ मंसिर २०७८, शनिबार
SunilPradhan volleyball women 12khariphoto 111617613819

काठमाडौं, १८ मंसिर । लामो समयदेखि नेपाली राष्ट्रिय टोलीमा नियमित स्थान बनाउँदै आएकी रेश्मा भण्डारीसहित पाँच खेलाडी बंगलादेशमा हुने एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको टोलीबाट बाहिरिएका छन् ।

बंगलादेशको ढाकामा पुस ६ देखि १४ गतेसम्म हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक जगदीश भट्टले शनिबार सार्वजनिक गरेको १५ खेलाडीको सूचीमा रेश्मा अटाएनन् । रेश्मासहित नियमति टोलीमा पर्ने उषा भण्डारी, जानकी विष्ट, पुनम चन्द र शान्तिकला राई टोलीबाट बाहिरिएका छन् ।

टोलीमा लक्ष्मी चन्दले पहिलो पटक स्थान बनाएकी छिन् । यस्तै शान्ति थारु, कविता भट्ट, कृपा अधिकारी, कामना विष्ट, सरस्वती जैसी र मनिषाकुमारी चौधरीले टोलिमा पुनरागमन गरेका हुन् । महिला भलिबल टोलीले गत कात्तिक २८ गतेबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा प्रशिक्षण सुरु गरेको थियो । त्यसमा मुख्य प्रशिक्षक भट्टले प्रारम्भिक २० खेलाडीबाट पाँच जना हटाएर टोलीलाई १५ खेलाडीमा झारेका छन् । मुख्य प्रशिक्षक भट्टले अबको एक सातामा १२ टोलीको घोषणा हुने बताएका छन् ।

सशस्त्र प्रहरी बल (एपीएफ) की रेश्माले पछिल्लो समय घरेलु प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न सकेकी थिइनन् । मिडल ब्लकर उषा विष्ट र लिबेरो शान्तिकला तामाङ, २०१९ बंगलादेशमै सम्पन्न सेन्ट्रल जोन भलिबल र १३ औं सागमा टोलीमा रहेका जानकी भण्डारी र पुनम चन्दले पनि छनोट चरण पार गर्न सकेनन् ।

नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपका लागि छनोट गरेको टोलीलाई नै प्रशिक्षणमा बोलाएको थियो । त्यतिबेला नेपाल पुलिस क्लबका शान्तिकला तमाङ, पुनम चन्द र कामना विष्टले प्रशिक्षण गर्न पाएका थिए । कामना भने १५ जनाभित्र पर्न सफल भएकी छिन् ।

गलादेशमा ०७६ कात्तिकमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । नेपालकै प्रतिभा माली प्रतियोगिताको ‘बेस्ट स्पाइक’ घोषित भइन् भने कप्तान अरुणा शाही ‘बेस्ट सेटर’ बनेकी थिइन् । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानको सहभागिता थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताभर नेपालले कुनै पनि सेट गुमाएको थिएन ।

१५ सदस्यीय टोली

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु,उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषाकुमारी चौधरी, अरुणा शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, सरस्वती जैसी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७