नेपाली क्रिकेटर सीताले खेल्ने भइन् हङकङको घरेलु लिग


१८ मंसिर २०७८, शनिबार
Sita rana magar cmwXruXS5n

काठमाडौं, १८ मंसिर । नेपाली महिला क्रिकेट खेलाडी सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छिन् । यो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो ।

आज (शनिबार) पत्रकार सम्मेलनमार्फत सीता उक्त प्रतियोगिताको लागि छनोट भएको घोषणा गरिएको छ । क्विन्स इभेन्ट मेनेजमेन्टले सीतालाई एजेन्सी सेवा प्रदान गर्नेछ । प्रतियोगिता सन् २०२२ को मे १ देखि १५ सम्म हुनेछ । यो प्रतियोगितामा विभिन्न ६ टोली समावेश हुने जनाइएको छ । यद्यपि सीताले कुन टोलीबाट प्रतिनिधित्व गर्छिन् भन्ने खुलाइएको छैन ।

विदेशी लिगमा छनोट हुने सीता पहिलो नेपाली महिला क्रिकेट खेलाडी हुन् । सीताले आफू यो प्रतियोगिताको लागि छानिएकोमा खुशी व्यक्त गरिन् । उनले आफूले पाएको सफलता आगामी पिँढीको लागि प्रेरणाको बन्न सक्ने विश्वास व्यक्त गरेकी छिन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप–कप्तान पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७