चितवन कुरुक्षेत्र बन्दै छ : प्रचण्ड


१८ मंसिर २०७८, शनिबार
prachanda 20211204082814

चितवन, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र बन्न लागेको बताएका छन् ।

चितवनको भरतपुरमा शनिबार प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सबैको नजर चितवनमा परेको बताए । ‘सबैको नजर चितवनमा परेको छ । कसैले माया गरेर, कसैले डाहा गरेर’, प्रचण्डले भने । आफूलाई हेरेर सबैले चितवनतिर नजर लगाएको उनको भनाइ थियो । ‘चितवन कुरुक्षेत्र बन्दै छ’, आगामी निर्वाचनलाई इंगित गर्दै प्रचण्डले भने, ‘म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन् ।’

आफूले पनि चितवनको विकासमा ध्यान दिएको उनको भनाइ थियो । त्यसैले सबैको महाधिवेशन चितवनमा भइरहेको उनको जिकिर थियो । गत साता चितवनमा सम्पन्न नेकपा (एमाले) को महाधिवेशनलाई भने उनले असफल भएको बताए । मान्छेको भीडभाड गर्दैमा महाधिवेशन सफल नहुने उनको भनाइ थियो । महाधिवेशनले नयाँ विचार दिनुपर्ने प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले ‘रिल्याक्स’ गर्ने ठाउँमा अझै आइनपुगेको बताएका छन् । उनले प्रतिगमनको खतरा जारी रहेकाले ‘रिल्याक्स’ गर्ने समय नभएको धारणा राखेका हुन् । उनले क्रान्तिको रक्षा गर्न सजग भएर लाग्नुपर्ने धारणा राखे । उनले भने, ‘प्रतिगमनकारी कदम असफल भए प्रतिगामी खतराको अन्त्य भएको छैन ।’ उनले शान्तिपूर्ण ढंगले प्रतिक्रान्ति र प्रतिगमन रोक्न लागेको दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७