२०७८ मंसिर १९ गते आइतबारको तपाईको राशिफल

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस / विश्व माटो दिवस


१९ मंसिर २०७८, आईतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्ने छ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको कार्य पुरा हुने र नयाँ काममा हात हाल्ने समय छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव पाइनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज वैदेशिक कार्य अघि बढ्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक काम अघि बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । सफल यात्राको योग छ । धर्म, कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरू धेरै भेटिने छन् । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७