राप्रपा पदाधिकारीमा को–को भए विजयी ? (सूचीसहित)


१९ मंसिर २०७८, आईतवार
bikram1638669186

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातान्त्र पार्टीको नयाँ कार्यकालका लागि अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुँदा उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे २,५२१ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्ष पदमा ध्रुवबहादुर प्रधान १,८१४ मत र बुद्दिमान तामाङ १,९४४ मत ल्याएर निर्वाचित भएका छन् ।

उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् । उनले १,५८९ मत ल्याएर विजयी भएकी हुन् । उनी कमल थापा पक्ष प्यानलबाट निर्वाचित भएकी हुन् ।

महामन्त्रीमा धवल शमशेर राणा विजयी भएका छन् । उनी २,२२१ मत ल्याएर निर्वाचित भएका हुन् । महामन्त्रीमा भुवन पाठक १,७०५ ल्याएर विजयी भएका छन् । पाठक कमल थापा प्यानलका हुन् ।

महिलातर्फको महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । उनले अभिनेत्री रेखा थापालाई पराजित गरेकी हुन् । रेखा थापाले १,६४० मत प्राप्त गरिन् ।
हेर्नुस् विजयीको सूची

12345

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७