थापाथलीमा गाडीले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु, एक घाइते


१९ मंसिर २०७८, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं, १९ मंसिर । काठमाडौंको थापाथलीमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर भइ अहिले काठमाडौं सीतापाइला बस्ने १९ वर्षका सुजन सापकोटाको ज्यान गएको हो ।

दुर्घटनामा स्कुटर पछाडि बसेका काभ्रेको पनौती घर भइ सीतापाइला बस्ने २२ वर्षका आशिष हुमागाई घाइते भएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हुमागाईको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा सिंहदरबारले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७