कमल थापा पक्षको भेला ‘याक एण्ड यति’ मा


१९ मंसिर २०७८, आईतवार
Kamal Thapa 4

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी परिणामको समीक्षा गर्न कमल थापा पक्षको भेला दरवारमार्गस्थित याक एण्ड यति होटलमा शुरु भएको छ ।

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहित उनको टिमका नेताहरु निर्वाचन परिणाम समीक्षा गर्न याक एण्ड यतिमा भेला भएका हुन् ।

‘महाधिवेशनको समीक्षा गर्नका लागि याक एण्ड यतिमा सबै नेताहरु भेला हुनु भएको छ’, थापा पक्षका एक केन्द्रीय सदस्यले भने । राप्रपामा अध्यक्षसहित नयाँ कार्यसमिति निर्वाचनका लागि शनिबार मतदान भएको थियो । आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १,८१७ र थापाले १,६१७ मत प्राप्त गरेका छन् । त्यसैगरी पदाधिकारीमा भने थापा समूहको वर्चश्व रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७