जितपछि लिङ्देनले भने, ‘यो पनि अरु नेता जस्तै रहेछ भन्ने बनाउँदिन’

आन्तरिक चुनाव भएकाले विजय जुलुस नगर्न कार्यकर्तालाई निर्देशन


१९ मंसिर २०७८, आईतवार
rajendra1638667035

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफू अरुभन्दा फरक रहेको सन्देश दिने बताएका छन् । जितपश्चात् उनले पार्टीलाई हिजो जस्तै निस्क्रिय र गतिहीन बनाएर लैजाने छुट आफूहरुलाई नभएको बताएका छन् ।

‘अरु नेता जस्तै रहेछ भन्ने मौका म कसैलाई दिने छैन’, उनले प्रतिनिधिलाई धन्यवाद दिँदै भने, ‘यो मोरा पनि उस्तै रहेछ भन्ने बनाउँदिन । तपाईंहरुको शीर झुक्न दिन्नँ ।’

उनले नेतृत्व परिवर्तन गर्ने कुरा सामान्य नरहेको बताएका छन् । असफल पुस्तालाई विस्थापित नगरी सुधार हुँदैन भन्ने अन्य दलहरुको नेतृत्व राप्रपाले गर्ने उनको भनाइ छ । ‘कुनै नेता र व्यक्तिविरुद्ध गरिएको विद्रोह होइन । राष्ट्रिय प्रजातन्त्र पार्टी र यसले लिएको मुद्दाको जीवनको लागि समेत अनिवार्य र अपरिहार्य कदम थियो’, उनले भने ।

उनले निर्वाचित सबै मिलेर नवीन राप्रपा निर्माणमा लाग्ने पनि बताए । राप्रपामा आजबाट कुनै गुट नभएको समेत दाबी गरेका छन् । आन्तरिक चुनाव भएकाले विजयी जुलुस नगर्न र जिन्दावाद र मुर्दावादको नारा नलाउन कार्यकर्ताहरुले उनले निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७