दाङमा बसको ठक्करबाट एकको मृत्यु


१९ मंसिर २०७८, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

दाङ, १९ मंसिर । दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई वनजङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिब सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहानै बजारमा दूध छाडेर फर्किदै गर्दा बसले ठक्कर दिएको बताइएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७