अझै शुरु भएन कांग्रेस प्रदेश–१ को मत गणना


१९ मंसिर २०७८, आईतवार
congress pradesh 1 FKUsf7CAvS

मोरङ, १९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश–१ मा अझै शुरु भएको छैन । कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिए पनि अझै शुरु हुन सकेको छैन । उम्मेदवार तथा पार्टीका नेताहरु मतगणना स्थलमा आइ नपुगकाले मतगण्ना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । नेताहरु आएपछि शुरु गर्ने उनले बताए ।

प्रदेश–१ मा १,७५२ मत खसेको छ । प्रदेशमा १,८०४ मतदाता रहेका थिए । प्रदेश–१ मा संस्थापन समूहका उद्धव थापा र इतर समूहका गुरुराज घिमिरे बीच प्रतिस्पर्धा भएको छ । दुवै समूहले प्यानलसहित निर्वाचनमा होमिएका थिए । संस्थापन इतरको राम्रो पटक मानिएको प्रदेश–१ मा संस्थापन पक्षले भने नेता कृष्ण प्रसाद सिटौलाको साथ खोजेको थियो । थापा सिटौला समूहका हुन् ।

निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएर विवाद हुँदा मतदान सुरु हुन ढिलाइ भएको थियो । प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो । अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरुले नाम छुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै शुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७