कांग्रेस प्रदेश–१ को मतगणना शुरु


१९ मंसिर २०७८, आईतवार
p 111638690865

मोरङ, १९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश–१ को मतगणना शुरु भएको छ । आइतबार सम्पन्न निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने तयारी थियो । तर, आचारसंहिता निर्माण र उम्मेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही विलम्ब भएको थियो ।

दिउँसो साढे १ बजेदेखि मतगणना शुरु भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनको मतगणना स्थल मोरङ कांग्रेस पार्टी कार्यालयमा उमेदवार, तिनका प्रतिनिधि र कार्यकर्ताको ठूलो उपस्थिति छ । आइतबार साँझ सम्पन्न निर्वाचनमा एक हजार ७५२ मत खसेको थियो । निर्वाचनमा पौडेल–कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७