ज्वालामुखी विष्फोटबाट इन्डोनेशियामा १३ जनाको मृत्यु, धेरै घाइते


१९ मंसिर २०७८, आईतवार
indonesia volcano eruption 121638691881

काठमाडौं, १९ मंसिर । शनिबार इन्डोनेशियाको जाभामा भएको ज्वालामुखी विष्फोटनका कारण १३ जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएको आपतकालीन विभागले जनाएको छ ।

उक्त क्षेत्रका वासिन्दाहरु ठूलो खरानीको बादलबाट भाग्दै गरेको देख्न सकिन्छ । विभिन्न तस्बिरहरुमा ज्वालामुखीको खरानीले गाउँका छतहरु सबै ढाकेको देखिन्छ । स्थानीयहरुका अनुसार उक्त खरानीको बादलले सूर्यलाई पनि ढाकेपछि अँध्यारो भएको थियो ।

अधिकारीहरुका अनुसार अहिलेसम्म ५७ जना घाइते भएका छन् । जसमध्ये धेरैलाई नराम्ररी पोलेको छ । इन्डोनेशियाको प्रकोप समाधान एजेन्सीका प्रवक्ताले बताए अनुसार लुमाजाङ जिल्लामा अवस्थित ११ वटा गाउँ ज्वालामुखीको खरानीले भरिएका छन् । सबै घाइतेहरुको उपचार भइरहेको छ ।

९०२ भन्दा धेरै नागरिकलाई उक्त क्षेत्रबाट बाहिर निकालिएको छ । उद्धार कार्य अझै जारी छ । तर, बाक्लो धुँवा, विजुली कटौती अनि भारी वर्षा र तुफानका कारण उद्धारमा अवरोध भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७