तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी जवान पक्राउ


१९ मंसिर २०७८, आईतवार
pakrau
फाइल फोटो

काठमाडौं, १९ मंसिर । तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरी जवान राजेन्द्र केसीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ ।

उनले दुवईबाट आएका यात्रुको सुन पास गराइदिने भन्दै लगेर फिर्ता नदिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । ताप्लेजुङका दुर्गाधन लिम्बूले ल्याएको ५० ग्रामको बाला केसीले अध्यागमनको काउन्टर नजिकै लगेका थिए । भन्सार पार गरिदिने भन्दै लगेका जवान केसीले दुर्गाधनलाई सुन फिर्ता नदिएपछि दुर्गाधन विमानस्थल कार्यालयमा निवेदन दिएका थिए ।

अनुसन्धानको क्रममा सीसी क्यामेरामा दुर्गाधनसँग केसीले सुनत लगेको र उक्त बाला समेत फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार पक्राउ परेका प्रहरी जवान केसी र सन ल्याउने दुर्गाधनलाई कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ । जवान केसी रकम लिएर स्वैच्छिक अवकाश भएपछि नेपाल प्रहरीमा भर्ना भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७