कांग्रेस महाधिवेशन : सभापति चयन गर्न बागमतीमा पुनः मतदान शुरु, इन्द्रलाई भीमसेनको साथ


१९ मंसिर २०७८, आईतवार
BAGMATI CONGRESS2021 12 05 02 34 40

हेटौंडा, १९ मंसिर । नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान शुरु भएको छ । शनिबार भएको मतदानबाट तीन जना उम्मेदवारमध्ये कसैको ५१ प्रतिशत मत नआएपछि आज आइतबार दिउँसो सवा १ बाट पुनः मतदान शुरु भएको हो ।

पुनः मतदानमा संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँ र संस्थापनइतर पक्षबाट जगदीश्वर नरसिंह केसी चुनावी मैदानमा छन् ।
निर्वाचन समितिका सदस्य गणेश हुमागाईंका अनुसार ५ बजेसम्म मतदान समय तोएिको छ । काँग्रेसको विधानबमोजिम सभापतिमा दुई वा सोभन्दा बढी उम्मेदवार हुँदा ५१ प्रतिशत मत प्राप्त गर्ने विजयी हुनेछन् । शनिबार भएको मतदान प्रक्रियाबाट बानियाँ, केसी र भीमसेनदास प्रधान तीन जनामध्ये कोहि कसैको ५१ प्रतिशत मत नआएपछि पुनः मतदान प्रक्रिया अघि बढाइएको हो ।

मतको आधारमा तेस्रो भएका प्रधान चुनावी मैदानबाट बाहिरिएपछि उनले बानियाँलाई साथ दिने घोषणा गरिसकेका छन् । सभापतिमा बानियाँले ९९२, दोस्रो हुने केसीले ८७२ मत र तेस्रो हुने प्रधानले १९७ मात्र मत पाएका थिए । बानियाँ ४८ प्रतिशत मत ल्याएर बढी मत ल्याउने उम्मेदवार भएका थिए । निर्वाचन समितिका अनुसार कुल २,१५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७