कांग्रेस प्रदेश–१ सभापतिमा देउवा–सिटौला पक्षका थापा विजयी, घिमिरे दुई मतले पराजित


२० मंसिर २०७८, सोमबार
Uddhav Thapa1638737027 1

मोरङ, २० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश–१ को सभापतिसहित अधिकांश पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ । महामन्त्रीमा पौडेल–कोइराला समूहका एक जना मात्र विजयी भएका छन् ।

सोमबार बिहान सकिएको मत परिणामअनुसार सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे । उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंकप्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी भएका छन् । संस्थापन इतरका गोबिन्द प्रसाद ढुंगाना (केदार ) ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन ) ले ६६९ मत प्राप्त गरे ।

महामन्त्रीमा संस्थापनका भुपेन्द्र राईले ८२४ र संस्थापन इतरका उमेश थापाले ८२३ मत ल्याएर विजयी भएका छन् । यसैगरी दीपन कुमार श्रेष्ठले ७६४ र पदम सुन्दर पालुङ्गवा ८०७ मत ल्याए ।
सह–महामन्त्री महिलामा संस्थापनकै प्रमिला गछदार ८३७ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी सीता कार्कीले ७३३ मत प्राप्त गरेको छ ।

सह–महामन्त्रीमा संस्थापनका खड्ग फागो १०२६ र बिनोद कुमार बस्नेत ७४७ मत ल्याएर विजयी भएका छन् । संस्थापन इतरका रोहित कुमार शाह ६६५, विरकाजी राई ६४७ र शुभचन्द्र राई ८४ मत पाए । निर्वाचनमा देउवा–सिटौला समूह र पौडेल–कोइरालाको समूह उठेको थियो । जम्मा १,७५२ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७