कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका अमरसिंह पुन निर्वाचित


२० मंसिर २०७८, सोमबार
pun1638753086 1 1

लुम्बिनी, २० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए ।

पुनले ८५२ मत पाएका छन् भने शाहको पक्षमा ७६७ मत खसेको छ । पुनले मत गणनाको शुरूवाती चरणबाटै अग्रता लिएका थिए । प्रदेशको नेतृत्त्वको लागि शनिबार मतदान भए पनि आइतबार बिहानबाट मात्रै मतगणना शुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७