भारत नागाल्याण्डमा सुरक्षा बलबाट १३ आम नागरिक मारिएसँगै बढ्यो तनाव


२० मंसिर २०७८, सोमबार
india nagaland 6mVdRxippr 1

काठमाडौं, २० मंसिर । भारतको नागाल्याण्डमा सुरक्षा बलबाट १३ आम नागरिक मारिएका छन् । बीबीसीका अनुसार गस्तीमा निस्किएको सुरक्षा बलले खानीमा काम गरेर घर फर्किदै गरेका मानिसमाथि भूलवश गोली चलाएका थिए ।

यो क्रममा ६ जनाको मृत्यु भएको थियो । आम नागरिकमाथि गोली चलाएपछि आक्रोशित भएका मानिसहरुले सुरक्षा बलविरुद्ध प्रदर्शन गरेका थिए । यो क्रममा थप सात आम नागरिक र एक सैनिकको मृत्यु भएको थियो । भारतीय गृहमन्त्री अमित शाहले यो घटनामा दुःख व्यक्त गर्दै घटनाबारे अनुसन्धान हुने बताएका छन् ।

शनिबार भएको यो घटनाको विषयमा भारतीय नेताहरुले गृहमन्त्री शाहको राजीनामा माग गरेका छन् । विपक्षी पार्टी कंग्रेस आईका नेता राहुल गान्धीले सामाजिक सञ्जालमार्फत यो घटना हृदय विदारक भएको र अब आम मानिस र सुरक्षाकर्मी पनि आफ्नै भूमिमा पनि सुरक्षित नभएको बताएका छन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले नागाल्याण्डमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाका पीडितले न्याय पाउनु पर्ने माग गरेकी छिन् । भारतमा पछिल्लो समय सुरक्षाकर्मीमाथिको आक्रमण बढेसँगै भारतले पनि विभाजनकारी समूहमाथिको अपरेसनलाई तीव्र बनाएको छ । यसै क्रममा सुरक्षाबलले आम नागरिकमाथि गोली चलाएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७