म्यानमारको सेनाले चलायो प्रदर्शनकारीमाथि ट्रक


२० मंसिर २०७८, सोमबार
myammar 1

काठमाडौं, २० मंसिर । म्यानमारमा सरकार चलाइरहेको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाएको छ । साथै उनीहरुमाथि गोली प्रहार गरेको छ । यो घटनामा कम्तीमा चार प्रदर्शनकारीको मृत्यु भएको छ । धेरै मानिसहरु घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीमाथि गाडी कुदाउनुअघि गाडीको गति बढाइएको थियो ।

सेनाले भने मारिएका प्रदर्शनकारीले हिंसा सुरु गरेको भन्दै आफ्नो बचाउ गरेको छ । आइतबारको प्रदर्शनको क्रममा ११ जनालाई पक्राउ गरिएको सेनाले बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान भएको यो घटनामा मृत्यु हुनेको संख्या पाँच भएको हुन सक्ने बताएको छ । यद्यपि दिउँसो पनि मानिसहरुले सैन्य सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

गत फेब्रुअरीमा म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो । त्यसयता म्यानमारमा निरन्तर सैन्य सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रदर्शनको क्रममा अहिलेसम्म १३ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७