कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक, कहाँ क–कसले जिते ?


२० मंसिर २०७८, सोमबार
congress 1

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वागमती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ । प्रदेश–१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी भएका छन् ।
सभापतिमा थापाले ८४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरेका छन् । यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी भएका छन् । वागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९२७ मत ल्याएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् ।

प्रदेश–२ मा भने अधिवेशन कहिले हुने अझै अन्योल छ । प्रदेश–२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७