गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि : प्रधानमन्त्री

‘कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन’


२० मंसिर २०७८, सोमबार
deuwa 1

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्र भएको बताएका छन् ।

आज (सोमबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गठबन्धन राष्ट्रिय सभाको चुनावसम्मका लागि मात्र भएको बताएका हुन् । त्यसपछि गठबन्धनले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको उनले बताएका छन् ।

‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो’, देउवाले भने, ‘त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएको छैन ।’ राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । एक जना चाहिँ राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् ।

देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ छ । देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताए । उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पत्रकारहरुलाई बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७