दुई भोटले हारेपछि प्रदेश–१ मा पुनः मतगणना गर्न गुरु घिमिरेको माग


२० मंसिर २०७८, सोमबार
gururaj ghimire SAEsweYFXE 1

मोरङ, २० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नम्बर–१ को पदाधिकारीको मतगणना पुनः गर्न माग गरिएको छ । दुई मतले पराजित गुरु घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गरेका हुन् ।

संस्थापन इतर समूहबाट उठेका घिमिरेले संस्थापन–सिटौला पक्षका उम्मेदवारसँग पराजित भएका हुन् । मत परिणाममा चित्त नबुझेकोले पुनः मतगणनाको लागि निवेदन दर्ता गराएको घिमिरेले बताएका छन् । उनी आफू भन्दा ‘कनिष्ठ’ सँग पराजित भएका हुन् । महामन्त्रीमा संस्थापन इतरका उमेश थापा बाहेक अरू पदाधिकारीमा संस्थापनका उम्मेदवार निर्वाचित भएका छन् ।

झापा जिल्लाका निवर्तमान कांग्रेस जिल्ला सभापति रहेका थापा पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेलाई हराउँदै प्रदेश १ का सभापति बनेका छन् । कांग्रेसको निर्वाचन समितिका अनुसार विजयी थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत ल्याए । सुरुदेखि अग्रता लिइरहेका घिमिरेलाई अन्तिम परिणाम आउँदा भने मात्र २ मतले उछिन्दै थापा विजयी भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७