‘ओमिक्रोन’ का दुई संक्रमित नेपालमा पनि भेटिए

स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक


२० मंसिर २०७८, सोमबार
Omicron Virus KNmtMCm4wM

काठमाडौं, २० मंसिर । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमक्रोन’ का दुई संक्रमित नेपालमा पनि भेटिएका छन् ।

दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए । मन्त्रालयका अनुसार दुई विदेशी नागरिकमा यो भेरियन्ट देखिएको हो । जसमा नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय विदेशी नागरिक छन् । उनीहरु दुवैले दुवै खोपको मात्रा लगाएको खुलेको छ । उनीहरु नेगेटिभ पीसीआर रिपोर्ट लिएर नेपाल आएका थिए। तर नेपालमा गरिएको परीक्षणमा उक्त भेरियन्ट भेटिएको हो ।

नेपालमा ओमिक्रोन संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयमा मन्त्रिस्तरीय बैठक डाकिएको छ । यसबारेमा मन्त्रालयले सोमबारै पत्रकार सम्मेलन गरेर थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । यो भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो । आइतवार मात्रै भारतका विभिन्न प्रान्तमा १८ जनालाई यो भाइरस संक्रमण देखिएको थियो ।

अहिलेसम्म यो भेरियन्ट विश्वका करिब ४० मुलुकमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट तीव्र संक्रामक भएकाले सचेत हुन आग्रह गरिसकेको छ । ’ओमिक्रोन’ भाइरसको जोखिम बढेपछि नेपालले यसअघि नै हङकङसहित विभिन्न नौ मुलुक हुँदै आउने यात्रुलाई प्रतिबन्ध लगाइसकेको छ । ‘ओमिक्रोन’ तीव्र संक्रामक भए पनि यसबाट अहिलेसम्म कुनै पनि मुलुकमा ज्यान गएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७