‘ब्रेकअप’पछि सागरमाथि प्रिज्माको अनेक आरोप


२० मंसिर २०७८, सोमबार
bale prisma home

काठमाडौं : हास्य सिरियल ‘भ्रद्रगोल’का कलाकार सागर लम्साल ‘बले’ पछिल्लो समयमा म्युजिक भिडियोमा पनि छाएका छन् । एकपछि अर्को उनले अभिनय गरेका म्युजिक भिडियो बजारमा आएका छन् । पछिल्लो समयमा उनी चल्तीका मोडलका रुपमा स्थापित छन् ।

प्रिज्मा खतिवडा पनि पछिल्लो समयमा चर्चित मोडल हुन् । खासगरी टिकटकबाट उदाएकी प्रिज्माले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

Prisma

यी दुबै चर्चित कलाकार लामो समयदेखि प्रेममा थिए । उनीहरु प्रेम सम्बन्धमा रहेको तथ्य उनीहरुले पोष्ट गरेको तस्बिर र भिडियोहरुले नै पुष्टी गर्छ । प्रेममा रमाइरहेका यी जोडीले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्नेदेखि टिकटिकमा प्रेम साटिएका भिडियोहरु पोष्ट भइरहेको थिए ।

तर यी जोडीको सम्बन्धमा ब्रेक लागेको छ । सम्बन्धमा दरार आएको केही समय यी दुबै जोडी चुपचाप थिए । तर केही दिन यता प्रिज्माले सागरमाथि अनेक आरोप लगाउन सुरु गरेकी छिन् । एक अन्तरर्वार्तामा प्रिज्माले रुवाबासी गर्दै सागरसँगको प्रेम सम्बन्धको बिषयमा तित्तता पोखेकी छिन् ।

प्रिज्माले आफूले खोजे जस्तो कुरा सागरमा ‘शुन्य प्रतिसत’ समेत नपाएकी बताएकी छिन् । सागरबाट सम्बन्धको क्रममा पीडा पाएको समेत उनको आरोप छ ।

प्रेममा रहेको बेला अनेक चटक देखाइरहने प्रिज्माले ब्रेकअपपछि लगाएको यो आरोप बारेमा उनका दर्शकहरुले समेत निको भने मानेका छैनन् । यो बिषयमा सागरले भने मुख खोलेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७