नम्रताको ‘नमिठो’ प्रेम यात्रा


२० मंसिर २०७८, सोमबार
Namrata Shrestha Heroin

काठमाडौं : अभिनेत्री नम्रता श्रेष्ठ चल्तीका कलकार हुन् । अनेक हिसाबले चर्चित नम्रता पछिल्लो समयमा प्रेमको कारण पनि चर्चित छिन् ।

चर्चाको कारण हो, उनको टुटिरहने प्रेम सबन्ध । उनको पछिल्लो प्रेममा पनि ब्रेक लागेको छ । प्रेमी दावा स्टिभन शेर्पासँग चार वर्षदेखिको प्रेम सम्बन्ध टुंगिएको हो । दुई जनाबीच सहमतिमै केही महिनाअघि नै प्रेम सम्बन्ध टुंग्याइएको बताइएको छ ।

उनी पर्यटन व्यवसायी प्रेमी शेर्पासँग विहेको तयारीमा रहेको समेत समाचार आएको थियो । तर उनीहरुबिच एकाएक ब्रेक भएको खबर आएको छ । यसलाई नम्रताले पनि स्वीकार गरेकी छिन् ।

Namrata Shrestha @ Dawa Sherpa
प्रेमी शेर्पासँग नम्रता

त्यसअघि नम्रता स्टुरेन्ट र म्यानपावर व्यवसायी प्रेम घलेसँग प्रेम सम्बन्धमा थिइन् । घलेसँग विभिन्न कार्यक्रममा एकसाथ देखिने गरेका थिए ।त्यसअघि नम्रता आरजे रेमनदास श्रेष्ठसँग सम्बन्धमा थिइन् ।

यसबीचमा पनि उनको नाम विभिन्न मान्छेसँग नजोडिएको भने होइन । ‘सानो संसार’बाट अभिनयमा डेब्यु गरेकी नम्रताको ‘मेरो एउटा साथी छ’ ‘नोभेम्बर रेन, क्लासिक, पर्व’ जस्ता हिट चलचित्र बाहिर आएका छन् । अभिनयमा सफल नम्रता प्रेममा भने असफल देखिएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७