प्रदेश सभापतिमा गुरु घिमिरे हारेपछि शेखर कोइरालाले मागे क्षमा


२० मंसिर २०७८, सोमबार
shekhar koirala

काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रदेश–१ को अधिवेशनमा मतदान नगरेकोप्रति क्षमा मागेका छन् । शनिबार भएको प्रदेश अधिवेशनमा शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान गरेका थिएनन् । उनीहरू मतदानस्थलमै पुगेको भए पनि मतदान नगरेको पाइएको हो ।

उनीहरुले मतदान नगरेपछि गुरुराज घिमिरे दुई मतले प्रदेश सभापतिमा पराजित भएपछि कोइरालाले क्षमा मागेका हुन् । ‘काँग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने–नपाउने विषय शुरुदेखि नै संशय थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें । यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ उनले लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७