प्रेममा वर्षा : एउटासँग टुटेको आधा वर्ष नबित्दै अर्कोसँग छताछुल्ल


२० मंसिर २०७८, सोमबार
barsha siwakoti

कामाडौं : अभिनेत्री वर्षा सिवाकोटी पछिल्लो समयकी चल्तीका नायिका हुन् । फिल्मदेखि म्युजिक भिडियोसम्ममा उनका अभिनय दर्शकले रुचाएका छन् ।

वर्षा अभिनय मात्रै होइन पछिल्लो समयमा प्रेमको कारण पनि चर्चित भएकी छिन् । वर्षा यसअघि अमेरिकामा रहेका सविन जंग थापासँग प्रेम सम्बन्धमा थिइन् । थापासँगको प्रेमको कारण उनी अमेरिका आउने जाने क्रम चलिरहेको थियो । तर थापासँगको प्रेम गत माघ २०७७ मा टुटेको थियो ।

अमेरिकाको टेक्सासमा रहेका सविनले स्ट्याटसमार्फत वर्षाले आफूलाई धोका दिएको गुनासो गरेका थिए । वर्षासँगका तस्बिर सेयर गर्दै अप्ठेरो समयमा वर्षाले साथ नदिएको गुनासो थिए ।

उनले लेखेका थिए, ‘म ट्रमाटाइज्ड महसुस गरिरहेको छु । म फेरि विश्वास गर्न सक्दिन । मैले एक व्यक्तिमा सारा प्रयास र शक्ति खर्च गरेँ त्यो मेरै अगाडि फ्याँकियो । गल्ती मैले पनि गरेँ हुँदा तिम्ले पनि र्गयौ होला तर मेरो प्रेम निर्दोष थियो तर तिम्रो इगो र एटिच्युडले त्यो मारियो ।’

Barsha Siwakoti Love
वर्षाको पूर्व प्रेमी थापा

वर्षाले दिएको धोकाले आफूलाई हरकुरासँग डर लाग्ने गरेको पनि सविनले लेखेका थिए । ‘मलाई अगाडि बढ्न डर लागेको छ । सास फेर्न डर लागेको छ । हरेक कुराको लिमिट हुन्छ तर मैले आफ्नो एन्जाइटी नियन्त्रण गर्न सकेको छैन । म जस्तो जेन्युइन सोच राख्ने मान्छेलाई दुखाए , अपमान गरे त्यो पनि त्यसले जसको मैले कल्पना पनि गरेको छैन । तिमीले जीवनभरका लागि प्रेमलाई हेर्ने मेरो दृष्टिकोण भताभुंग पायौं ।’

Raj katuwal and Barsha Siwakoti
वर्षाका प्रेमी कटुवाल

स्रोतका अनुसार उनका पुराना प्रेमी सविन अझैं पीडामा छन् । तर सविनसँग टुटेको ६ महिना पनि नबित्दै वर्षा गत असादेखि नयाँ प्रेमी कलाकार राज कटुवालसँगको प्रेममा डुबेकी छिन् ।

राज र वर्षाको प्रेम नेपाल हुँदै दुबईमा समेत छताछुल्ल पोखिएको देखिन्छ । वर्षाले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘तिमी पाएँ चाहिँदैन आकाशको जुन’ क्याप्सनले पनि उनी राजको प्रेममा रहेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७