ओलीले सपना देखेका होलान्, तर ‘अर्ली इलेक्सन’ हुँदैन : माधव नेपाल


२० मंसिर २०७८, सोमबार
Madhav Nepal

सुनसरी, २० मंसिर । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘अर्ली इलेक्सन’ को सम्भावना नभएको बताएका छन् ।

सुनसरीको इटहरीको हुन लागेको पार्टीको कार्यक्रममा सहभागी बन्न सोमबार आएका नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै यस्तो बताएका हुन् । ‘अर्ली इलेक्सनको सम्भावना देखिँदैन’, एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै नेपालले भने, ‘आजै चुनाव हुन्छ र पार लगाउँला भनेर कसै–कसैले सपना देखेका होलान् । तर, त्यो सपना विपना हुनेवाला छैन ।’

नियमित समयमा चुनाव हुने बताउँदै उनले गठबन्धन पनि यथावत रहने बताएका छन् । लोकतन्त्रका लागि गठबन्धनले चुनावसम्मै जानुपर्नेमा पनि नेपालले जोड दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७