टिपरले अटोरिक्सालाई ठक्कर दिँदा आमा–छोराको गयो ज्यान


२० मंसिर २०७८, सोमबार
accident Butwal

प्युठान, २० मंसिर । प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ बर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापा रहेका प्रहरीले जनाएको छ ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ई–रिक्सामा सवार प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका प्रहरीले जानकारी दिएको छ । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७