प्रधानमन्त्री बनेपछि पहिलोपल्ट पार्टी कार्यालय जाँदै देउवा


२० मंसिर २०७८, सोमबार
deuwa 1

काठमाडौं, २० मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोमबार पहिलोपल्ट केन्द्रीय कार्यालय जाने भएका छन् । देउवाले १४ औं महाधिवेशनको तयारीका लागि गठित महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सहभागी हुन उनी कार्यालय जान लागेका हुन् ।

बैठक सोमबार दिउँसो साढे चार बजे बस्दैछ । देउवाले महाधिवेशनको व्यवस्थापनका लागि गठित विभिन्न समितिका संयोजकहरूसहितको बैठक बोलाएका हुन् । सोमबार अपरान्ह साढे ४ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

देउवा पछिल्लो पटक प्रधानमन्त्री भएपछि केन्द्रीय कार्यालय गएका छैनन् । उनी गत असार २९ गते पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवादका विषयलाई लिएर केन्द्रीय कार्यालयमा निरन्तर धर्ना र अनसनका कार्यक्रम भएपछि देउवा कार्यालय गएका थिएनन् ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडादेखि पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला हुँदै वडा प्रदेशको समेत अधिवेशन भइसकेको छ । अब मंसिर २४ गतेदेखि केन्द्रीय महाधिवेशन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७