राष्ट्रपतिद्वारा संसद विघटन, निर्वाचनको घोषणा


२० मंसिर २०७८, सोमबार
PortugalPresident1 20211206102951

काठमाडौं, २० मंसिर । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डी सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् ।

उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ । सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ । संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन् । सरकारको बजेट पारित गर्नका लागि गत अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७