‘मिस एयर होस्टेज–२०२१’ प्रतियोगिताका लागि २५ जना छनौट


२० मंसिर २०७८, सोमबार
2 1

काठमाडौं, २० मंसिर । ‘मिस एयर होस्टेज–२०२१’ प्रतियोगिताका लागि २५ जना छनौट भएका छन् । विगत १३ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएको सिजन मिडियाले आयोजना गरेको पाँचौं सँस्करणको प्रतिष्पर्धामार्फत उनीहरु छानिएका हुन् ।

प्रतियोगितामा काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न स्थानमा एयरहोस्टेज तालिम केन्द्रमा तालिम लिइरहेका साथै विभिन्न समयमा एयरहोस्टेज सम्वन्धी तालिम लिई जागिरको खोजीमा रहेका र विमान परिचारिका बन्ने लक्ष्य बोकेका ४५ युवतीहरुले आवेदन दिएका थिए । उक्त छनौट कार्यक्रमको निर्णायकमा अफिसियल कोरियोग्राफर रोजिन शाक्य, एयरहोस्टेज तालिम प्रशिक्षक गौरीकला थापा, हिमालयन एयरलाइन्सका सिसनयर इन्जिनियर रन्जित जैसवाल र सेमन्त श्रेष्ठ रहेका थिए ।

1 1

पहिलो चरणको छनौटबाट आएका उनीहरुलाई मंसिरको २२ गतेबाट राष्ट्रिय नाचघर जमलमा दिनको २ देखि ४ बजेसम्म तालिम सञ्चालन गरिने आयोजक सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । विमान परिचारिका बन्न चाहने युवतीहरुका लागि विशेष प्राथमिकता दिइ उनीहरुको शैक्षिक, व्यक्तित्व र आत्मविश्वास अभिवृद्धि गर्दै रोजगारीको अवसर खोजी समेत गरिने जनाइएको छ ।

अन्तिम प्रतिष्पर्धा पुसको पहिलो साता राजधानीमा हुने जनाइएको छ । प्रतियोगिताका विजेताले ‘मिस एयर होस्टेज–२०२१’ कोे ताज उपाधिसहित विमान परिचारिका बन्ने अवसर, नेपाल साथै वैदेशिक उच्च शिक्षाका लागि छात्रावृत्तिको अवसर उपलब्ध गराइने अध्यक्ष वन्तले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७