पत्रकार किसन राई ‘हत्या’ आशंका : अनुसन्धान माग गर्दै छोराले दिए प्रहरीमा जाहेरी


२० मंसिर २०७८, सोमबार
Kisan Rai

काठमाडौं : नेपाल पत्रकार संघ हङकङका अध्यक्ष पत्रकार किसन राईको मृत्यु घटनाको छानबिन गर्न परिवारजनले माग गरेका छन्। एभरेष्टखबर  हङकङका सम्पादक/प्रकाशक राईको हत्या भएको आशंका सहित परिवारजनले प्रहरीमा उजुरी दिएको हो ।

हङकङबाट नेपाल आएका परिवारजनले घटनास्थल, शवको प्रकृतिदेखि पोस्टमार्टम रिपोर्ट शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न माग गरेका छन्। उनका छोरा अरिम राईले अनुसन्धानको माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय, खोटाङमा निवेदन दिएका हुन् ।

गत कात्तिक ७ गते काठमाडौंबाट ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुर (पुर्खौली थलो) पुगेर खोटाङ, भोजपुर घुम्दै धरान जाने क्रममा गाडीबाट ओर्लिएर शौच गर्न जाँदा भीरबाट लडेर उनको मृत्यु भएको सार्वजनिक भएको थियो। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको पंखु खोला नजिकै भीरबाट लडेर उनको मृत्यु भएको बताइएको थियो ।

निवेदनमा पत्रकार राईसँगै यात्रा गरिरहेका काठमाडौंको नागार्जुन नगरपालिका–२ का प्रेमकुमार श्रेष्ठ (सशस्त्र प्रहरीका पूर्व एसपी), उनकी श्रीमती चन्द्रमाया श्रेष्ठ र धरान नगरपालिका-११ का मानबहादुर राना मगरलाई कार्यालयमा झिकाएर आवश्यक अनुसन्धान अघि बढाउन माग गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश लम्सालले बताए। घटना लगत्तै मृतकका भतिजाले निवेदन दिएको र अहिले पुनः अनुसन्धानका लागि उनका छोराले निवेदन दिएको उनले बताए ।

पत्रकार राईको शव सडकभन्दा करीब दुई–तीन सय मिटर तल खोलामा बगिरहेको पानीमा दाहिने खुट्टाको घुँडाको हड्डी भाँचिएर बाहिर निस्किएको, बायाँ खुट्टाको तिघ्राको हड्डी भाँचिएको, चिउँडोको तल्लो भागमा दुई इन्च लामो गहिरो काटिएको, निधारको भागमा चोट लागेको, बायाँ पाखुराको हाड भाँचिएको अवस्थामा भेटिएको थियो।

तर, घटनास्थलको शव मुचुल्का भने ‘आफैं लडेर मृत्यु भएको’ भनी बनाइएको परिवारको आरोप छ। चिउँडोमुनि घाँटीमाथिको चोट र घुँडामुनिको चोटबाट धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुन सक्ने परिवारको भनाइ छ।

पोस्टमार्टम रिपोर्ट पनि फितलो बनाइएको मृतक परिवारको गुनासो छ। पोस्टमार्टम रिपोर्टमा बायाँ खुट्टाको तिघ्राको हाड र बायाँ पाखुराको हाड भाँचिएको उल्लेख नभएको, दाहिने खुट्टा छिनेको र घुँडाको हड्डी भाँचिएर बाहिर निस्किएको भन्ने प्रष्ट उल्लेख नभएको, पोस्टमार्टम शुरू गरिएको र अन्त्य भएको समय उल्लेख नभएको आफन्त आशिष राईले गुनासो गरे।

घटनास्थलको शव मुचुल्का भने ‘आफैं लडेर मृत्यु भएको’ भनी बनाइएको परिवारको आरोप छ। चिउँडोमुनि घाँटीमाथिको चोट र घुँडामुनिको चोटबाट धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुन सक्ने परिवारको भनाइ छ।

यो पनि पढ्नुहोस्

हङकङबाट अचनाक अस्ताएको उज्यालो घाम

घटनास्थल भिरालो भएकाले सो स्थानमा गाडी रोक्नुपर्ने अवस्था नभएको, भिरको शिर भएकाले दिसापिसाब गर्न जाने ठाउँ नभएको, मृतकको कपडा धारिलो हतियारबाट काटिएको देखिएको हुँदा आशङ्का उब्जिएको निवेदनमा उल्लेख छ। त्यस्तै, पोस्टमार्टम रिपोर्टमा मृतकको हातको औंलाको नङको जरामा नीलो डाम देखिएको, ओठमुनिको भित्री भागमा रातो नीलडाम देखिएको हुँदा नाक र मुख थिचेर हत्या गरिएको हुन सक्ने करिमको भनाइ छ।

राई एभरेष्टखबर  हङकङका सम्पादकरप्रकाशक, आदिवासी जनजाति महासंघ हङकङ, नेपाल पत्रकार संघ हङकङका अध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित केन्द्रीय सदस्य लगायतको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७