७७ वर्षे बेलायती वृद्ध र २० वर्षे म्यानमारकी युवतीबीच यस्तो गहिरो प्रेम


२० मंसिर २०७८, सोमबार

काठमाडौं, २० मंसिर । प्रेमलाई न जात, न धर्म, न उमेर, न देश केहीले पनि छेक्दैन भन्ने उदाहरण बेलायत निवासी एक वृद्ध र म्यानमारकी एक युवतीले देखाएका छन् । म्यानमारकी जो नामकी २० वर्षीया युवती र बेलायतका डेभिड नामका ७७ वर्षीय वयोवृद्धबीच गहिरो प्रेम बसेको हो ।

द सन वेबसाइटका अनुसार युवती विद्यार्थी हुन् भने उनका प्रेमी डेभिड संगीतकर्मी । यी दुई पछिल्लो डेढ वर्षयता एकअर्काको मायाप्रेममा डुबेका हुन् । डेभिडका सन्तान छैनन् । दुई जनाबीच ५७ वर्षको उमेर अन्तर मात्र होइन, उनीहरू हजारौं माइल टाढा पनि छन् । तर पनि उनीहरूबीचको प्रेमलाई यी कुराले छेक्न सकेका छैनन् ।

उनीहरूबीच १८ महिनाअघि एक डेटिङ साइटका माध्यमबाट भेट भएको थियो । ७७ वर्षका डेभिड रोमान्टिक स्वभावका छन् । उनी फ्लर्टिङ गर्न कहिलेकाहीं डेटिङ साइट चाहर्थे । उनी आफूलाई सधैं जवान ठान्छन् र त्यहीअनुसारका कुरा र व्यवहार गर्छन् । उनका अनुसार उनी आफूभन्दा ५० वर्ष कम उमेरकी केटीसँगै सम्बन्ध राख्ने सोचमा थिए ।

यही क्रममा डेटिङ साइटमा उनले २० वर्षीया जोलाई फेला पारे । तर जोले सुरुमा आफू बेलायतमै रहेको भनेर झुटो बोलेकी थिइन् । किनकी उनी बेलायतमै पार्टनर खोजीमा थिइन् । तर प्रेम गहिरिँदै गएपछि जोले आफू म्यानमार रहेको वास्तविकता बताइन् । डेभिड र जो अहिले यति गहिरो प्रेममा डुबिसेकका छन् कि चाँडै भेटेर बिहे गर्ने योजनामा छन् । पासपोर्ट बन्ना साथ जो आफ्ना प्रेमी डेभिड भेट्न बेलायत जाने सोचमा छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७