नेपाल एयरलाइन्सलाई रेडियोधर्मीदेखि गन्धकसम्मका खतराजन्य सामग्री बोक्ने ‘लाइसेन्स’


२० मंसिर २०७८, सोमबार
Nepalairlines prem 20211206115713

काठमाडौं, २० मंसिर । सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) ले खतराजन्य सामग्री ‘डेञ्जरस गुड्स सर्टिफाइड एयरलाइन्स’ ओसार पसारका लागि मान्यता पाएको छ ।

नेपालको हवाइ नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउने गरी प्रमाणपत्र (लाइसेन्स) दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले एनएसीका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

क्यानका महानिर्देशक क्षेत्रले धेरै वर्षअघि हुनुपर्ने काम सम्पन्न गरिएको भन्दै कार्यान्वयन पक्षमा कमजोरी हुन नदिन निगमका अधिकारीहरूलाई आग्रह गरे ।

Coverletter 20211206115712

पछिल्लो समय विश्वभर नै एयरलाइन्सहरूले खतराजन्य सामग्री र पदार्थहरू (डेन्जरस गुड्सहरू) पनि बोक्न थालेक छन् । यस्ता सामग्रीहरूलाई नौ भागमा वर्गीकरण गरिएको छ ।

नियामक निकायले आफ्नो देशका एयरलाइन्स कम्पनीहरूलाई अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेपछि यस्ता सामान बोक्न योग्य रहेको प्रमाणीकरण गर्छ ।

यही प्रकृया अन्तर्गत अहिले नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक क्यानबाट खतराजन्य पदार्थहरू ओसारपसार गर्ने प्रमाणित एयरलाइन्सका रूपमा प्रमाणपत्र पाएको हो ।

क्यानले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) को मापदण्डअनुसार निगमलाई डेञ्जरस गुड्स क्यारियर मान्यता दिएको हो । यसअघि क्यानले श्री एयरलाइन्सलाई मात्र यस्तो मान्यता दिएको थियो । खतराजन्य सूचीका सामान ओसारपसार गर्न खोजेका सरकार र व्यवसायीको कार्गो निगमको जहाजले बोक्नेछ ।

निगमको राजश्व चार गुणासम्म बढ्ने
वाह्य उडान भरिरहेका निगमका विमानमा हाल १५ टन कार्गो होल (बोक्ने क्षमता भए पनि सामान नपाउँदा खाली हुने अवस्था) रहेको निर्देशक अधिकारीले बताए ।

खतराजन्य वर्गका सामग्री बोक्ने अनुमति पाएकाले अब भने यस्तो स्थिति अन्त्य हुने तथा यात्रु नपाएका बेला यस्ता सामान बोकेर पनि निगमको राजश्व बढाउने उनले दाबी गरेका छन् ।

‘निगम स्थापना भएको ६३ औं वर्षमा बल्ल हामीले यस्तो प्रमाणपत्र पायौँ, अब निगमको राजस्व चार गुणासम्म बढ्नेछ । खतराजन्य सामग्री व्यवस्थापन गर्न कर्मचारीहरूलाई तालिम दिइसकेका छौँ । अब निगमको दायित्व बढेको छ, अब हामी यो दायित्व पूरा गर्नेतर्फ लाग्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७