कुपण्डोलमा आफ्नै कोठामा मृत भेटिएकी महिलाको श्रीमानले नै हत्या गरेको आशंका


२० मंसिर २०७८, सोमबार
yakkaraj AzLtdJ7qnN

काठमाडौं, २० मंसिर । ललितपुरको कुपण्डोलस्थित आफ्नै कोठामा मंसिर १६ गते मृत भेटिएकी महिलाको उनकै श्रीमानले हत्या गरेको आशंका गरिएको छ ।

३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । जानुकाको हत्या आआरोपमा उनका श्रीमान ३५ वर्षीय एक्काराज भुजेललाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

रामेछापको मन्थली नगरपालिका–१२ गेलु घर भएका उनीहरु ललितपुर महानगरपालिका–१० कुपण्डोलमा डेरा गरी बस्दै आएका थिए । अनुसन्धानका क्रममा एक्काराजले घाँटीमा कपडाले कसी हत्या गरेको खुलेको एसपी महर्जनले बताए । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७