प्रस्तावित राजदूत खत्री भन्छन्, ‘एमसीसी लिने- नलिने अमेरिकालाई प्रष्टसँग भन्नु पर्‍यो’


२० मंसिर २०७८, सोमबार
1638795383 shreedhar 1200x560 1

काठमाडौं, २० मंसिर । अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताएका छन् ।

आज (सोमबार) संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरुले भ्रम फैल्याउने काम गरेको दावी समेत गरे । उनले सो सम्झौंतालाई इन्डो–प्योसेफिक स्ट्राटिजीसँग जोडेर हेर्न नहुने बताएका छन् । प्रस्तावित राजदूत खत्रीले एमसीसी अनुदान भएको र ऋण तिर्नु नपर्ने स्पष्ट पारेका छन् ।

यो सम्झौंता दुई मुलुकबीचको पार्टनरसिपमा अगाडि बढने उनले बताएका छन् ।

प्रस्तावित राजदूत खत्रीले भने, ‘यो इन्डो प्यासेफिक स्ट्राटिजी र एमसीसीलाई मिसाएर हेर्ने धेरैजसो कारणले नेपालमा म बुझ्दछु । यो धारणा केही हदसम्म गलत पनि हो । केही हदसम्म चाँही यो धारणा नेपालपट्टिबाट पनि अमेरिकाबाट पनि गल्ती भयो भन्ने अर्को धारणा जस्तो लाग्छ । एउटा नेपालतिरबाट गल्ती भएको मैले के देखेको छु भने–यो अनुदान हो, ऋण तिर्नु पर्दैन । तर पार्लियामेन्टबाट पास हुनुपर्छ । यसो हो भने बिआरआई पनि पार्लियामेन्टबाटै पास गर्नुपर्ने हुन्छ । दुई साईटबाटै भ्रम फैलिएको जस्तो देखिन्छ । मैले के देख्नु भने– लिने हो भने पनि प्रष्ट भने हुन्छ । नलिने हो भने पनि प्रष्ट भने हुन्छ ।’ प्रस्तावित राजदूत खत्रीले संसदीय समितिलाई अमेरिकाले एमसिसीबारे पछिल्लो पटक प्रष्ट पारेको पनि बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७