यी दुई डन, जसले एउटै म्यानपावर कम्पनीबाट असुले ९० लाख बढी ‘एरिया दादा भत्ता’


२० मंसिर २०७८, सोमबार
Rabindra Basnet

काठमाडौं : गुण्डागर्दी गरी म्यानपावरबाट नब्बे लाख पच्चीस हजार रुपैयाँ ‘दादा भत्ता’ असुलेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले म्यानपावर कम्पनीबाट ९० लाख २५ हजार रुपैयाँ असुलेका काठमाडौंको गंगाहिटी घर भइ हाल सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र दोलखाको भीमेश्वर नगरपालिका ५ माटीका ३५ वर्षीय रवीन्द्र बस्नेतलाई पक्राउ गरेको हो।

महाशाखाका अनुसार उनीहरुले काठमाडौंको पानीपोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई ‘हामीहरु यस एरियाका दादा हौं भन्दै हामीहरुलाई मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति पच्चीस हजार मात्रका दरले कमिसशन दिनु पर्छ,नत्र मेनपावर चलाउन दिदेनौ’ भन्दै रकम अशुल्ने गरेका थिए ।

उनीहरुले काठमाडौंको पानी पोखरीमा रहेको युनिभर्सल इन्टरनेसनल म्यानपावर कम्पनीका सञ्चालकसँग विदेश पठाउने हरेक श्रमिक बराबर २५ हजार रुपैयाँ लिने गरेको प्रमाण नै पाइएको महाशाखाका एसपी कृष्ण पंगेनीले बताए।

उनीहरुले लकडाउनको कारण मेनपावर चल्न नसकेको अवस्थामा समेत कमिसन तथा दशैं खर्च समेतको एकमुष्ट रकम सञ्चालक सँग माग गरी पटक पटक धम्की दिदै आएका थिए ।

उनीहरुले गत मंसिर १६ गते मेनपावरको कार्यालयमा पुगेर सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिदै थप रकम माग गरेका थिए । तर सञ्चालकले रकम दिन सक्दिन भन्दा हातपात समेत गरेका थिए ।

महाशाखाले उनीहरुलाई आपराधिक लाभ लिएको कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७