पौडेल समूहमा बढ्दो किचलो, झन् बलियो बन्दै देउवा

प्रदेश र जिल्लाको सूची सहित


२० मंसिर २०७८, सोमबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं : सोमबार (२० मंसिर) मा प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट पत्रकारहरुलाई बोलाएर भने, ‘म अन्तिम पटक सभापति बन्छु, सहयोग गर्नुहोस् ।’ यो भन्दै गर्दा सभापति देउवा निकै उत्साही थिए ।

यही मङ्सिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा हुँदैछ । प्रदेश तहको नजितासँगै सभापति देउवा बलियो बनेपछि उत्साही भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौं आउने क्रम सुरू भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा उम्मेदवारको टुङ्गो लागेको छैन । यता सभापति देउवा आफ्नो पक्षमा नतिजा पारन् सक्रिय भएका छन् ।

देउवा बलियो
कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितसिंह शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित भएका छन् ।

नवनिर्वाचित प्रदेश सभापतिमा प्रदेश १ का थापा, बागमतीका बानियाँ, कर्णालीका शाही र सुदूरपश्चिमका बलायर कांग्रेस सभापति देउवा पक्षका हुन्। त्यस्तै, गण्डकीका शर्मा र लुम्बिनीका पुन वरिष्ठ नेता पौडेल पक्षका हुन् ।

यता नतिजा सार्वजनिक भएका विभिन्न ६१ जिल्लाहरुमध्ये ३२ जिल्लामा संस्थापन पक्षीय सभापतिहरू विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट रहेका नेताहरु २७ जिल्लाको नेतृत्वमा पुगेका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका तीनजना सभापतिमा निर्वाचित भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेसको महाधिवेशनमा चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

चार हजार ७ सय हालेका खुलेका प्रतिनिधिहरुको हिसाब गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहभन्दा देउवा करिब ७ सय मतले अघि रहेको तथ्याङ्गक छ ।

प्रदेश २ मा क्षेत्रीय तहको निर्वाचनमा संस्थापन समूहको पकड रहेको बताइन्छ । प्रदेश २ को अधिवेशन उद्घाटन भए पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । प्रदेश २ को नजितापछि अन्तिम चित्र देखिने कांग्रेस नेताहरुको दाबी छ । प्रदेश सभापतिका लागि श्रीकृष्ण यादव र रामसरोज यादवले उम्मेदवारी घोषणा गरेका छन् । उपसभापति विमलेन्द्र निधिको पक्षबाट श्रीकृष्ण र देउवा पक्षबाट रामसरोजले उम्मेदवारी घोषणा गरेका हुन् ।

संस्थापन समूहमा देउवा एक्ला दाबेदार छन् । त्यस हिसाबले पनि उनलाई सजिलो छ ।

प्रदेशमाको नतिजा

देउवा समूह
प्रदेश १ –उद्धव थापा
बागमती– इन्द्रबहादुर बानियाँ
कर्णाली–ललितजंग शाही
सुदूरपश्चिम– वीरबहादुर बलायर

पौडेल समूह
लुम्बिनी–अमरसिंह पुन
गण्डकी– शुक्रराज शर्मा

जिल्लाको नतिजा

संस्थापन समूह जिल्ला सभापति

१) गजेन्द्रप्रसाद तुम्याहाङ-ताप्लेजुङ
२) मोहनविक्रम सिंह-हुम्ला
३) पूर्णबहादुर तामाङ (कान्छाराम)-रामेछाप
४) ऐनबहादुर शाही-मुगु
५) खडक बोहरा-बझाङ
६) खमबहादुर गर्बुजा-म्याग्दी
७) शंकर गुरुङ-मनाङ
८) केशरबहादुर बिष्ट-सल्यान
९ं) दीपेन्द्र शाही-डोल्पा
१०) भीमबहादुर साउद-डडेल्धुरा
११) कर्णबहादुर शाही-जुम्ला
१२) बेदराज सिंह-जाजरकोट
१३) रुपनारायण जवेगु-पाँचथर
१४) डा. टकबहादुर गुरुङ-लमजुङ
१५) नरेन्द्र बहादुर सिंह-डोटी
१६) तेजेन्द्र खनाल-ओखलढुंगा
१७) युवराज जोशी-पर्वत
१८) किशोरदत्त बराल-कास्की
१९) डम्बर खड्का-इलाम
२०) रामकृष्ण खाँण-रुपन्देही
२१) प्रेमप्रकाश वली-रुकुम पश्चिम
२२) जितेन्द्र श्रेष्ठ-ललितपुर
२३) तीर्थ लामा, काभ्रे
२४) पदम बोगटी-कञ्चनपुर
२५) खड्क पोखरेल-सुर्खेत
२६) जीतप्रकाश आले-तनहुँ
२७) हिमाल कार्की-उदयपुर
२८) दुर्लभ थापा-भक्तपुर
२९) अरुणप्रकाश सिंह राठौर-बर्दिया
३०) दिनेश राई-धनकुटा 
३१) जाङ्बु शेर्पा 
३२) पेम्बा छिरिङ तामाङ 

संस्थापनइतर समूहका सभापति

१) दीपक खड्का-संखुवासभा
२) अम्मबहादुर शाही-कालीकोट
३) बर्मा लामा-दोलखा 
४) रोमी गौचन-मुस्ताङ
५) शंकर डाँगी-दाङ
६) नन्दप्रसाद न्यौपाने-गोरखा
७) रामसिंह रावल-बाजुरा
८) केशव श्रेष्ठ, अर्घाखाँची
९) विष्णुकुमार गिरी-प्यूठान
१०) चतुरबहादुर चन्द-बैतडी
११) विनोद बान्तावा-भोजपुर
१२) अर्जुनबहादुर तुम्वाहाङ्फे-तेह्रथुम
१३) किशोर आचार्य, रोल्पा
१४) विष्णुकुमार राई-खोटाङ
१५) ललितसिंह बोहरा-दार्चुला
१६) राजु थापा-स्याङ्जा
१७-हिमालदत्त श्रेष्ठ, पाल्पा
१८-अर्जुनकुमार पोखरेल-पश्चिम नवलपरासी
१९) मणिराम रेग्मी-दैलेख
२०) अब्दुलकलाम-कपिलवस्तु
२१-रमेश महत-नुवाकोट
२२) कृष्ण बानियाँ (सबुज)-काठमाडौं
२३) रामनाथ अधिकारी-धादिङ
२४) खिलध्वज पन्थी-गुल्मी
२५) केशरमान रोका-रुकुम पूर्व
२६) डिगबहादुर लिम्बू 

सिटौला समूहका सभापतिहरू 

१) देउमान थेबे-झापा
२) केदार भण्डारी-सुनसरी
३) जीत शेरचन-बाग्लुङ



पौडेल समूहमा किचलो
संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइरालाले सभापतिमा दाबी गरीरहेका छन् । चारै जना नेताहरुले प्रचारलाई तिव्र बनाएका छन् ।

डा.शेखरले कोइरालाले सोमबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गरेका थिए । छलफलमा उनले आफूले सभापतिमा जित्ने दाबी गरेका छन् । युवा नेता गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, सरिता प्रसाई, शोभाकर पराजुली, पुरञ्जन आचार्य लगायतलाई राखेर शेखरले भनेका छन्, ‘ १४औं महाधिवेशन २४ मंसीरमा शुरू हुँदै छ। त्यो भन्दा पहिले नै हामी चार जनाले टुंगो लगाइसक्नुपर्नेछ। टुंगो लागेन भने म चुनाव लड्ने हो। म चाहिं दोस्रो चरणमा पुग्छु भन्नेमा विश्वस्त छु। त्यसमा कुनै शंका छैन ।’

यता सिंहले महाधिवेशन तयारीका लागि मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सिंहले सम्पर्क कार्यालय खोल्दैछन् । मंगलबार बिहान उक्त सम्पर्क कार्यालय शुभारम्भ गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७