कस्तो छ, कांग्रेस १४ औं महाधिवेशन तयारी ?


२० मंसिर २०७८, सोमबार
bishwa prakash sharma

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशन तयारीसम्बन्धी उपसमितिका संयोजकसँग ब्रिफिङ लिएका छन्।

सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरूले अहिलेसम्म भएका तयारी तथा प्रगतिबारे सभापति देउवालाई जानकारी गराएका हुन् ।

बैठकमा प्रचार प्रसार समिति, आवास समिति, स्वास्थ्य समिति लगाएतले उद्घाटन समारोहका तयारीका बारेमा जानकारी गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवशेनमा पार्टीको महामन्त्रीले संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन र अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेश हुने उनले बताए । महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको प्रवक्ता शर्माले बताए । उनले महाधिवेशनको बन्द सत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानमा २९ वटा मतपत्र हुने धारणा राखे ।

महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिए।

प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए।

आगामी २४ गते दिउँसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी चयन गर्नेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७