एमाले नेतृत्वको सरकारलाई काम गर्न नदिन पार्टीभित्रै षड्यन्त्र भयो : महासचिव पाखरेल


२० मंसिर २०७८, सोमबार
shankar pokharel
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले प्रभावकारी काम गर्दा पार्टीभित्रैबाट षडयन्त्र भएको बताएका छन् ।

सोमबार काठमाडौंमा अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रममा महासचिव पोखरेलले एमाले नेतृत्वको सरकारलाई प्रभावकारी रुपमा काम गर्न नदिएकै कारण तत्कालिन अवस्थामा ताजा जनादेशमा जाने निर्णय भएको पनि बताए ।

कुनैपनि मुद्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको भन्दै त्यो नै संसदीय प्रजातन्त्रको विशेषता भएको उनले बताए । नेपालको राजनीतिक मुद्दाका हरेक विषय अदालतमा लगेर विवादमा पार्ने काम गरेको आरोप लगाउदै अहिले न्यायलयको आन्दोलनले त्यसको पुष्टि गरेको जिकिर गरे ।

पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने फैसला उचित भएको दावी गर्दै उनले नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुनै नसक्ने जिकिर गरे । ‘नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुन्छ ?’, महासचिव पोखरेलको प्रश्न छ ।

उनले नेकपा एमालेले राजनीतिक मुद्दालाई अदालतको नभई जनताको विषयवस्तु बनाउन चाहेको दावी गरे । उनले केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले गल्ती ओलीकै भएको भनेर प्रचारबाजी गर्ने गरेपनि त्यसमा सत्यता नरहेको बताए । भने, ‘हो दुई पटक विघटन र पुनःस्थापना पनि भएको हो । तर आज अदालतमा भएको बहसलाई सुन्नुस् त ?’ पोखरेलले अदालतभित्रै स्वार्थको खेल भएको टिप्पणी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७